पहिचानको मुद्दा सम्बोधन गर्न सरकारले पहल गर्छ: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न राजनीतिक दल, दलका नेता र सरोकारवालाहरुसँग संवाद गरेर पहिचानवादीहरुको मुद्दा समाधान गर्ने बताएका छन् । शुक्रबार मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो आश्वासन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले माओवादीले जनयुद्ध कालमा सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारको लडाईँ लडेको...