कटुवा पेस्तोलसहित ५१ वर्षीय पुरुष पक्राउ
विराटनगर । धनुषाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर रहेका छन् । ठाकुरले शुक्रबार साँझ ५० वर्षीया श्रीमती रामकाशी देवीलाई कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेको प्रहरीले जनाएको छ । सो सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी...