कर्णालीलाई देशकै विकसित प्रदेश बनाउने गरेर काम भइरहेको छः मन्त्री खड्का
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीलाई देशकै विकसित प्रदेश बनाउने गरेर काम भइरहेको बताएका छन् । भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका–९ गुर्भाकोट सुर्खेतमा उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो दाबी गरेका हुन् । उनले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिँचाइ, विद्युतीकरण, सडक...