गण्डकी प्रदेशका नवनियुक्त ६ मन्त्रीहरुले लिए शपथ
काठमाडौं– गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ। शुक्रबार गण्डकी प्रदेशमा थपिएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। कांग्रेसबाट बिन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुनमन्त्री, मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री र पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा मणिभद्र शर्माले शपथ लिए। त्यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ,...