सशस्त्रमा भद्रगोल : प्राविधिक सई डीआईजी बन्दै, इन्स्पेक्टरमा भर्ना भएका १६ वर्षदेखि एउटै पदमा
काठमाडौं- सशस्त्र प्रहरी बल नेपालमा डीआईजी पदमा बढुवाका लागि प्रक्रिया सुरु भएको छ। बधुबार सशस्त्र प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै बढुवाका सम्भावित उम्मेद्वारले तीन दिनभित्र आवेदन दिन भनेको छ। बढुवा समतिका सदस्य सचिव तथा मानव स्रोत विभागका एआईजी रामशरण पौडलेद्वारा हस्ताक्षरित सूचनामा बढुवाका लागि दाबेदार एसएसपीहरुलाई तीन दिनभित्र शैक्षिक योग्यताको प्रमाणपत्र र बढुवाका लागि आवश्यक अन्य कागजातसहित आवेदन...