मेलम्ची र हेलम्बुका बाढीपीडितलाई भेट्न प्रधानमन्त्री सिन्धुपाल्चोक जाँदै
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) सिन्धुपाल्चोक जाँदैछन् । मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भेट्न ओली सिन्धुपाल्चोक जान लागेको जनाइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत् ओली सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुसहित बाढी–पहिरो प्रभावित क्षेत्रको भ्रमणमा जान लागेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्बाङ, सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङ लगायत पनि...