एनआरएन यूकेका अध्यक्ष गाहा मगरको नेतृत्वमा बन्यो ‘टिम गोर्खा डिपार्टमेन्ट’, बेलायतका सबै राज्य र क्षेत्रमा विभागीय सक्रियता
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको समस्या समाधान र सहयोगका लागि विस्तृत कार्ययोजनासहित गोर्खा विभाग(गोर्खा डिपार्टमेन्ट) गठन गरेको छ । अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा गठन गरिएको गोर्खा डिपार्टमेन्टको मूल समिति ६ सदस्यीय रहेको छ । गोर्खा डिपार्टमेन्टका प्रमुख संयोजक गाहा मगरले सहसंयोजकमा क्याप्टेन भीम सारु मगरलाई चयन गरेका छन्...