प्रतिनिधि सभा विघटनको मुद्दा वृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन
काठमाडौं–प्रतिनिधिसभा विघटनसम्बन्धी वृहत पूर्ण इजलासमा पठाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ। प्रचण्ड–नेपाल पक्षको नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित, अधिवक्ता लोकेन्द्रबहादुर ओली, शालिकराम सापकोटा, समृत खरेल, ज्ञानेन्द्रराज आरण, दिनेश त्रिपाठीलगायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई आज निवेदन दर्ता गराएका हुन्। निवेदनमा प्रतिनिधिसभा विघटन गर्ने विषय संवैधानिक व्याख्याको विषयमात्र नभइ संविधान र कानुनको गम्भीर...