जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ- प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित भएको बताएका छन् । जनयुद्धको २९ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘महान् जनयुद्धले साहस,...