मानवअधिकारको सम्मान र परिपूर्तिसम्बन्धी दायित्वप्रति सदैव प्रतिबद्ध: राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र परिपूर्तिसम्बन्धी दायित्वप्रति नेपाल सदैव प्रतिबद्ध रहिआएको बताएका छन् । ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (१० डिसेम्बर) का अवसरमा आइतबार शुभकामना दिँदै राष्ट्रपति पौडेलले भनेका छन्, ‘हाम्रो देश मानवअधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्रसमेत भएकाले मानवअधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र परिपूर्तिसम्बन्धी दायित्वप्रति सदैव प्रतिबद्ध एवं...