नेपालीहरूले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति गरिरहेका छन्- प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैयौं नेपालीहरूले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति गरिरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले नेपालीहरुले विश्वस्तरमा चिनिने गरी पनि काम गरिरहेको बताएका हुन् । उनले विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेको र त्यहाँ गएकामध्ये कैयौं...