प्रहरी भिडद्धारा निर्देशित हुँदैन, सत्यतथ्य छानविन गर्छ: डिआइजी खापुङ
वि.सं.२०५२ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवा प्रवेश गरेका नायव महानिरीक्षक (डिआइजी) चन्द्र कुवेर खापुङ हाल कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालीरहेका छन् । यसअघि उनले बेलबारी, बानेश्वर, तीनकुने, गौशाला, धरान, दरबार मार्ग, सिंहदरबारलगायत धेरै इलाकाको इन्चार्ज तथा बागलुङ जिल्ला कमान्ड सम्हालिसकेका छन् । कर्मचारी प्रशासन, अपराध अनुसन्धान महाशाखा प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै...