म्यानमारमा सैनिक कु विरुद्व सडकमा उत्रेका ३८ जनाको मृत्यु
काठमाडाैं– म्यान्मारमा बुधबार सैनिक कुविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन्। शान्तिपूर्ण रुपमा सेनाकाे कु विरुद्व सडकमा उत्रिएका नागरिकमाथि गाेली हानिएपछि संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन भनी टिप्पणी गरेकाे छ। म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बुर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फुटेज बाहिर आइरहेको बताइन्। बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको...