November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आज सुनको मूल्य स्थिर

5.6K

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि तोलाको ९० हजार ९०० रुपैयाँमै कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ रहेको छ ।

Advertisement

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।