November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोना महामारी कम र खोप अभियान सुरुले पर्यटक आगमन बढ्न थाल्यो

4.3K

काठमाडौं- विस्तारै कोरोनाको महामारी कम हुँदै जानु र खोप अभियान सुरु हुनुले पर्यटकीय गतिविधि बढ्न थालेको छ।

सरकारले पनि पर्यटक गतिविधि क्रमश: विस्तार चरणबद्ध रुपमा खुला गर्दै आएको छ। अहिले सरकारले खोप लगाएर नेपाल आए पर्यटकलाई निवार्ध घुम्न दिने तयारी थालेको छ भने अनअराइभल भिसा पनि खुकुलो बनाउने तयारी सुरु गरेको छ। योसँगै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या विस्तारै बढ्न थालेको छ।

अध्यागमन विभागमा अनुसार सन् २०२१ को जनवरीमा मात्रै नेपाल भ्रमणमा ८ हजार ८ सय ७४ जना पर्यटक आएका छन। जसमा सबै भन्दा बढी भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन। विभागमा अनुसार भारतबाट मात्रै जनवरीमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ४ हजार २८ रहेको छ।

Advertisement

यसैगरी, दोस्रो बढी पर्यटक आउने सूचीमा चीन अगाडि रहेको छ। चीनबाट जनवरीमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १ हजार ८ सय ७७ रहेको छ। यसबोहक अमेरिकाबाट ५२, अष्ट्रेलियाबाट ६६, बेल्जियमबाट ९९, भुटानबाट २६, क्यानडाबाट ९६, फ्रान्सबाट १ सय ७ र जर्मनीबाट ९७ जना नेपाल भ्रमणमा आएका छन्।