November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भोलिदेखि पत्रकारलाई कोरोना भ्याक्सिन लगाईने

3K

काठमाडौं – सरकारले पत्रकारहरूलाई पनि कोरोना विरुद्धको खोप लगाउने भएको छ।

खोप अभियानअन्तर्गत हिजोसम्म स्वास्थ्यकर्मीसहित कोरोना महामारी नियन्त्रण गर्न अग्रपङ्क्ति (फ्रन्टलाइन) मा खटिएका कर्मचारीलाई दिइएको थियो। युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने भएको हो।

मन्त्रालयले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई खोप दिन थालेको ११ दिनपछि पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिने निर्णय गरिसकेको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि (सोमबार) देखि पत्रकार तथा नेपालस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरूलाई पहिलो चरणमै खोप उपलब्ध गराउने निर्णय लिएको हो।

मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले सोमबारदेखि कूटनीतिक नियोगका विदेशी कर्मचारी, उनीहरूका आफन्त र त्यहाँ कार्यरत नेपाली कर्मचारी र पत्रकारलाई दिने निर्णय गरिएको बताए।

मन्त्रालयका अनुसार पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीहरूले तोकिएको अस्पतालमा सोमबारदेखि शुक्रबारसम्म पुगेर खोप लिन सक्नेछन्।