November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोना निको भएकाले पनि खोप लगाउन आवश्यक

4.4K

काठमाडौं- ‘डाक्टर साब! कोरोनाको खोप लगाउने होइन,?’ कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका एक चिकित्सकलाई हामीले प्रश्न गर्यौं‍। 

‘म त लगाउँदिन यो खोप,’ उनले प्रतिक्रिया दिए। 

ती चिकित्सकको कुरा सुन्दा हामीलाई अचम्म लाग्यो। फेरि ती चिकित्सकलाई प्रश्न तेस्र्यायौं, ‘किन नलगाउने खोप डाक्टर साब?’

Advertisement

उनको जवाफ थियो, ‘म कोरोना निको भइसकेको मान्छे। कोरोनासँग लड्न मेरो शरीरमा एन्टिबडी बनिसकेको छ। त्यसकारण मैले लगाएर एउटा खोप खेर फाल्नुभन्दा अर्को एक जनालाई लगाउन काम लाग्छ।’

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनरलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। तर केही स्वास्थ्यकर्मीले भने खोप नलगाउने निर्णय गरेका छन्। 

केही स्वास्थ्यकर्मीले खोपको विरोध गरे पनि केहीले कोरोना संक्रमण निको भइसकेका कारण देखाउँदै खोप नलगाउने निर्णयलाई नै उचित ठानेका छन्। कोरोना संक्रमणपछि शरीरमा बन्ने एन्टिबडीले नै सुरक्षा दिने र खोप लगाउन नपर्ने बुझाइ धेरैको छ। 

तर, के कोरोना निको भइसकेका व्यक्तिले खोप लगाउन आवश्यक छैन त? भाइरोलोजिस्ट डा लुना भट्टको संक्षिप्त जवाफ थियो, ‘आवश्यक छ।’