November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोना खोप अनुदान बढाउन भारतसँग आग्रह

2.8K

काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना विरुद्धको खोप अनुदान बढाउन भारतसँग आग्रह गरेका छन्।  विश्व रेकर्डको प्रमाणपत्र लिन भारत पुगेका मन्त्री मानन्धरले थप खोप उपलब्ध गराउन भारतसँग आग्रह गरेका हुन्।

उनले भारतले कोरोनाविरुद्धको अनुदानमा दश लाख डोज खोप उपलब्ध गराएकोप्रति धन्यवाद दिए। दिल्ली अध्ययन केन्द्रले आयोजना गरेको नेपाल-भारत सम्बन्ध विषयक अन्तरक्रियामा कोरोना खोप थप अनुदानका लागि आग्रह गरेका हुन्। भारतमा उत्पादित कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको उनले बताए।

नेपाल-भारतबीच केही स्थानमा सीमा विवाद देखिएको बताउँदै मन्त्री मानन्धरले आपसी समझदारी र छलफलबाट सीमा विवाद टुग्याउने बताए।

Advertisement