November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

१ लाख २८ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप, हेर्नुहोस कुन प्रदेशमा कतिले लगाए त ?

2.7K

काठमाडौं – नेपालमा कोरोना भाइरसविरुद्धको खोप १ लाख २८ हजार बढीले लगाएका छन् ।

बुधबारदेखि नेपालमा लगाउन सुरु गरिएको कोरोना भाइरसविरुद्धको अभियानका क्रममा मंगलबार बेलुकासम्म ७७ जिल्लामा रहेका २०१ वटा खोप बुथबाट १ लाख २८ हजार ६५० जनाले खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमा प्रदेश १ मा १७ हजार २८७, प्रदेश नं २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार २८७ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले खोप लगाएको पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

Advertisement