November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पछिल्लो २४ घण्टामा थपिए १४२ कोरोना संक्रमित, २०६ डिस्चार्ज र १ को मृत्यु

2.4K

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ३३५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६७ हजार ६५ पुगेको छ ।

Advertisement

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०३१ पुगेको छ ।