November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

डा केसीद्वारा २०औं अनसन बस्ने चेतावनी

4K

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले २०औं सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्। डा केसीले आगामी फागुन १२ गतेदेखि २०औं सत्याग्रह सुरु गर्ने घोषणा मंगलबार गरेका हुन्।

सधैं चिकित्सा शिक्षाका विषयमा विभिन्न माग राख्दै अनसन बस्दै आएका डा केसीले यो पटक मेडिकल शिक्षाभन्दा फरक किसिमको माग राखेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै संविधानको रक्षा गर्नुपर्ने र विधि/प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द हुनुपर्ने माग राखेर २०औं अनसन बस्ने घोषणा गरेका हुन्।

Advertisement

उनले ती दुई माग अबको तीन सातामा पूरा नभए २०औं अनसन सुरु गर्ने जनाएका छन्।