काठमाडौं- सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रूपैयाँ तोकिएको छ। आइतबार छापावाल सुन प्रतितोला ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य समेत सोमबार उल्लेख्य रुपमा बढेको छ। आइतबार प्रतितोला १३ सय ३० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि १४ सय रूपैयाँ तोकिएको छ।
चाँदीको मूल्य एकैदिन तोलामा ८० रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।