काठमाडौँ – सशस्त्र प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका– ८ पचुँइबाट लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँका २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट सहित पक्राउ गरेको हो ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुका साथबाट नक्कली नोट बनाउने कागज २०० , नक्कली नोट हजार दरको पाँच , मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स, ब्लुबुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाएको छ ।