November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतसँग जोडिएका सुदूरपश्चिमका सबै नाका खुले

4.9K

बैतडी – भारतसँग जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै सीमानाका आजदेखि खुलेका छन्। सरकारले देशभरिका ३० नाका खोल्ने निर्णय गरेसँगै सुदूरपश्चिमका पनि भारतसँग जोडिएका ४ नाका खुलेका हुन्।

मन्त्रिपरिषद् निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गर्ने निर्णय गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। सुदूरपश्चिमका  बैतडीको झुलाघाट, दार्चुलाको खलंगा–पुलघाट, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, नाका पूर्ण रुपमा खुला गरिएको मन्त्रालयले जनाएको छ। 

नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरी अब सहज आवतजावत गर्न सक्नेछन्। तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ।

Advertisement

नेपाली पक्षबाट पहिलादेखि नाकामा आवतजावत खुकुलो गर्न आग्रह गरिएको भए पनि भारतीय पक्षबाट भने त्यस्तो नभएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ।

सरकारको निर्णय बमोजिम नेपाली पक्षको तर्फबाट झुलाघाट नाका खुला रहेको भए पनि भारतीय पक्ष अझै तयार भइसकेको छैन।