November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आज नेपालमा २१३ जनामा कोरोना संक्रमित , २९६ जना निको

2.2K

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या शुन्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ७९१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १२३ जनासहित देशैभरी २१३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ८८ र पुरुष १२५ रहेका छन् ।

आज थपिएका २१३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।

Advertisement

त्यसैगरी आज देशैभरी २९६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २९६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । निको हुनेको यो दर ९८.१ प्रतिशत हो ।

मन्त्रालयका अनुसार बुधबार ३ जनाको मृत्यु भएकोमा आज (बिहिबार) कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।