काठमाडौँ – नेपालमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ ।
भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज खोप आजदेखि वितरण गर्न थालिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको सुभारम्भ गरेसँगै सातै प्रदेशमा पहिलो चरणको खोप लगाउन थालिएको हो ।
पहिलो चरणमा आज स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ ।
खोपको पहिलो दिन १२ हजार जनालाई खोप लगाइने स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले जानकारी दिएका छन् ।
।












