November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रधानमन्त्री ओलीले भने ‘म पनि खोप लगाउँथे, अहिले मसँग खोप कार्ड छैन।’

2.1K

काठमाडौं- कोभिड-१९ विरुद्धको खोप अभियानको भर्चुअल रूपमा उद्घाटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुगेका छन्।

उनले टिचिङमा रहेको खोप केन्द्रको निरीक्षण गरी स्वास्थ्यकर्मीसँग खोपका विषयमा जिज्ञासा राखेका छन्। उनले खोप अभियानबारे अस्पतालको तयारीबारे अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेसँग बिफ्रिङ लिए।

शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्लले लगायतले कोभिड खोप लगाइसकेका छन्।

Advertisement

अस्पतालमा खोप अभियान र तयारीबारे जानकारी लिएपछि प्रधानमन्त्रीले खोप लगाइरहेको खोप केन्द्र पुगेर खोप कार्यकतासँग पनि कुराकानी गरेका थिए।

उनले ठट्याैली पारामा भने, ‘म पनि खोप लगाउँथे, अहिले मसँग खोप कार्ड छैन।’

यति भन्दै उनी टिचिङ अस्पतालबाट बाहिएका थिए। प्रधानमन्त्री ओली स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलगायतसँग टिचिङ पुगेका थिए।