काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ८५८ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १५४ जनासहित देशैभरी ३३९ जना कोरोना संक्रमित थपिएका हुन् ।
आज थपिएका ३३९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ४०१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४०१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ । निको हुनेको यो दर ९८.१ प्रतिशत हो ।
त्यसैगरी आज देशैभरी १० जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका १० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०११ पुगेको छ ।