November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो: पछिल्लो २४ घण्टामा थप २७० जना संक्रमित

2.5K

काठमाडौं: देशभर पछिल्लो २४ घण्टामा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार कटेको छ । देशभर थप ७ जनाको ज्यान गएसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार कटेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका २ सय ७० जनासँगै देशभर कोरोना संक्रमण हुनेहरुको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ । यीमध्ये ३ हजार ३ सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा ४ सय ३ जनाले कोरोना संक्रमण जितेका छन् । यससँगै संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ । थपिएका ७ जनासँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २ हजार १ जना पुगेको छ ।