काठमाडौं । साहारा चितवन बहुद्देश्यीय सहरकारी संस्थाका पीडित बचतकर्ताहरुले नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापासँग रकम फिर्ता हुने वातावरण तयार गर्नका लागि अनुरोध गरेका छन् ।
बीपी स्मृति दिवस मनाउन चितवन पुगेका थापासँग साहाराका बचतकर्ताहरुले मंगलबार साँझ नारायणगढमा उद्योग वाणिज्य संघमा भेटेर संस्थापक जितेन्द्रबाबु (जिबी) राईसहित फरार प्रतिवादीलाई तत्काल समाउन मागसमेत गरेका हुन् ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी बचत पीडित परिवारका तर्फबाट शालिकराम दुवाडी लगायतले महामन्त्री शर्मासँग भेट गरी सहकारीबाट ऋण लगेका ऋणीहरु पैसा फिर्ता गर्न तयार भए पनि कहाँ बुझाउने, कस्लाई बुझाउने भन्ने अन्योल रहेको हुँदा ऋण असुल हुन नसकेको गुनासोसमेत राखे ।
महामन्त्री शर्माले यस विषयमा प्राधिकरणका पदाधीकारीहरुसँग कुरा राख्ने र बचत फिर्ता नपाएर पीडित बनेकाहरुलाई कसरी राहत हुन्छ, त्यो अनुसारको काम गर्न पहल गर्ने आश्वासन दिए ।