November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोइलीको मृत्यु प्रकरणमा प्रेस चौतारीका अध्यक्ष खत्रीविरुद्ध किटानी जाहेरी

595

काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्युको घटनामा एमालेको भ्रातृ संस्था प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीविरुद्ध जाहेरी परेको छ । उनीविरुद्ध शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको हो ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपीचार घर भएकी २५ वर्षीया शाही शनिबार बिहान कोठामा मृत फेला परेकी थिइन् । मृतक शाहीको परिवारले प्रेस चौतारीका अध्यक्ष खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका हुन् । खत्रीले शाहीलाई फोन गरेर पटक–पटक तनाव दिने गरेको परिवारका सदस्यको आरोप छ ।

जाहेरी परेका व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement