काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको शनिबारको बैठकमा स्पेन भ्रमणबारे जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले शनिबार साँझ संयुक्त राष्ट्र सङ्घको विकासका लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जान लागेको जानकारी दिएका छन् । स्पेनमा आयोजना हुने यो सम्मेलन एक दशकमा आयोजना गरिने बताएका छन् ।
असार १४ गते साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै यात्रा सुरु हुने र असार १५ गते स्पेन पुग्ने बताएका छन् । भ्रमण टोलीमा २१ जना सहभागी हुने बताएका छन् । भ्रमणको दोस्रो दिन सेभिया पुग्ने र नागरिक समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने बताएका छन् ।
स्पेनका प्रधानमन्त्रीसँग साँझ भेट गर्ने कार्यक्रम रहेको बताएका छन्। स्पेनका नरेशद्वारा स्वागत गरिने कार्यक्रममा १५ सहभागी हुने बताएका छन् ।