काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा नेपालविरुद्ध केहीबेरअघि विशेष अदालतमा मुद्दा दर्ता भएको अख्तियार उच्च स्रोतले बताएको हो ।