November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं: प्रधानमन्त्री ओली

475

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछाड्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले एउटालाई भगवान बनाउनु प¥यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन थालिएका बताएका हुन् ।

‘म झोले हो’ लेखिएको तस्वीर साझा गर्दै फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु प¥यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । भिडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।’

Advertisement