November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आज देशैभरी ३०२ जनामा कोरोना संक्रमण, ४८० जना निको

2.2K

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ४५४ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका ११२ जनासहित देशैभरी ३०२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १३३ र १६९ जना पुरुष रहेका छन् ।

आज थपिएका ३०२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।

Advertisement

त्यसैगरी आज देशैभरी ४८० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४८० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ । निको हुनेको यो दर ९७.९ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ७ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,९८६ पुगेको छ ।