November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एक महिला प्रहरी ब्यारेकमै मृत फेला

1.2K

काठमाडौंको प्रहरी प्रभाग साँखुमा कार्यरत एक जना महिला प्रहरी मृत फेला परेकी छन्।

बुधबार मध्याह्नमा प्रभागको ब्यारेकमा एक जना महिला प्रहरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी जवान २३ वर्षीया निशा चौधरी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

Advertisement

बर्दियाबाट उनको परिवार फर्किँदैछन्। प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ। उनका श्रीमान वैदेशिक रोजगारमा रहेको स्रोतले बताएको छ ।