November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारबाही

1.8K

सर्लाही–सर्लाहीको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) ले दिएको अधिकारको प्रयोग गरी १४ प्रहरी कर्मचारीलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो । छानबिनपछि छ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भिडियो खिच्ने र मिडियासम्म पुर्‍याउने पाँच जनालाई हालको पदको ज्येष्ठतासहित खाइपाइ आएको सुरु स्केलमा घटुवा गर्ने, तास खेल्ने पाँच जनालाई नसिहत र तास खेलेको हेर्ने दुई जनालाई सख्त चेतावनी दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।

Advertisement