November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतले नेपाललाई कोरोना खोपको १० लाख डोज हस्तान्तरण

2K

काठमाडौं-भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप नेपाललाई हस्तान्तरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन्।

खोप बोकेको एयर इन्डियाको जहाज बिहान ११‍‍‍.५२ बजे काठमाडौं उत्रिएको थियो। भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएको हो। सरकारले ७७ जिल्लामा एकसाथ खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ।

स्वास्थ्य सचिव लक्षण अर्यालले खोप अभियान सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए। उनले खोप लगाउनका लागि नामावलीको अनलाइन इन्ट्री भइरहेको जानकारी दिँदै खोप लगाउने व्यक्तिको कार्ड बनाइने जानकारी दिए।

Advertisement