November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आज थपिए ३१८ कोरोना संक्रमित, ३८३ जना संक्रमणबाट मुक्त, ६ जनाको मृत्यु

4.7K

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार १२ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १४५ जनासहित देशैभरी ३१८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ११२ र २०६ जना पुरुष रहेका छन् ।

आज थपिएका ३१८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।

Advertisement

त्यसैगरी आज देशैभरी ३८३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३८३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ । निको हुनेको यो दर ९७.९ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९७५ पुगेको छ ।