November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भरूवा बन्दुक पड्केर पाल्पामा एकको मृत्यु

2.8K

पाल्पा – पाल्पामा भरूवा बन्दुक पड्केर बुधबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारू रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए। आज बिहान ३ बजे बन्दुक पड्किएको आवाज सुनिएको थियो।

मृतकका दाजु नरबहादुरले बन्दुक पड्किएको आवाज सुनेपछि घटनास्थल पुगेका थिए। मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका पचभैयाले बताए।

Advertisement