November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रामेछापमा पहिरोमा परी ३ को मृत्यु

1.2K

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।

बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति स्थानीय र प्रहरीले पन्छाएर शवहरु बाहिर निकालेका थिए । तर सदरमुकामसम्म पुग्ने बाटो ठाउँठाउँमा पहिरोले अवरुद्ध भएकाले शवलाई पोष्टमार्टम गर्न मन्थलीसम्म पु¥याउन नसकिएको जानकारी प्राप्त भएको छ ।

Advertisement

स्थानीयका अनुसार पहिरोले जोखिममा परेका चारवटा घरबाट स्थानीय बासिन्दाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।