November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एक सय ४६ केजी गाँजा बरामद

1.3K

विराटनगर – ११ बुद्ध विहार मार्गबाट प्रहरीले एक सय ४६ केजी गाँजा बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको बीआर ११ पिसि ५०१६ को सुजुकी कम्पनीको गाडीमा पाँच वटा ब्यागबाट गाँजा आज दिउँसो बरामद गरेको हो ।

सवारी चालक फरार भएका छन् । भारत तस्करी हुन लागेको गाँजा प्रहरीले बरामद गरेको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । ‘भारतीय नम्बर प्लेटको गाडीबाट गाँजा तस्कारी हुने गरेको सूचना आइरहेको थियो । प्रहरीले पनि फलो गरिरहेको थियो । गाँजा बोकेको गाँडी पिचरा हुँदै बुद्ध विहार मार्गमा पुगेपछि कार चालक फरार भए,’ डिएसपी श्रेष्ठले भने, ‘फरार भएका चालकको पनि खोजी कार्य तिव्र बनाएको छ ।’

Advertisement