November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुनको मूल्य तोलामा ५ सय बढ्यो

2.5K

काठमाडाैं-बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। मंगलबार नेपाली बजारमा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबारका लागि ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदी मूल्यसमेत बढेको छ। बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको हो।

मंगलबार १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १२ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement