November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ

1.5K

विराटनगर । मोरङ, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट अबैध लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ गरेका छन् ।

प्रहरीका अनुसार शनिबार बिहान साढे ४ बजे सुनसरीको धरान–२० भज्याङ छेउ स्थितबाट बागमती प्रदेश –०१–०२६ च ५०१९ नम्बरको कार र को २७ प ४८४७ नम्बरको मोटरसाईकलमा सवार ईटहरी उप–महानगरपालिका–१० का ४० बर्षीय राम कुमार चौधरी र ईटहरी–११ का ३६ बर्षीय मोहन कार्कीलाई १२ किलोग्राम लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको हो ।

यसैगरी मोरङको केराबारी–८ खदम खोलाको पुलबाट केराबारी–७ का १९ बर्षीय साजन लिम्बु, केराबारी–१ का २२ बर्षीय गोबिन राई, धनकुटा चौबिसे गाउँपालिका–५ का ३१ बर्षीय शक्ती लिम्बुलाई १ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित लागुऔषध ओसार पसारमा प्रयोग गरेको को २५ प ५९४५ नम्बरको मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको हो ।

Advertisement

यसका साथै शनिबार राति १० बजे झापाको दमक नगरपालिका–३ बेलडागी शिविर का २७ वर्षीय बिक्रम राईलाई घरमा लुकाई छिपाई राखेको १ ग्राम लागुऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

अबैध लागुऔषधसहित पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।