काठमाडौं- महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित रमेश खड्काको घरमा मृत भेटिएका एक दम्पतीले विष सेवन गरेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
खड्काको घरमा डेरा गरी बस्ने सप्तरी राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिएका थिए।
अनुसन्धानको क्रममा उनीहरुको कोठामा दुई थान सेल्फस नामक विषको खाली बट्टा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रज्वल महर्जनले जानकारी दिए।