November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राजासँग नडराएको कांग्रेस ओलीको धम्कीले डराउदैन: शेखर कोइराला

1.2K

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजासँग नडराएको कांग्रेस ओलीको धम्कीले नडराउने बताएका छन् ।

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारको संसदीय दलको बैठकमा कांग्रेसप्रति गरेको टिप्पणीको जवाफ दिँदै उनले कुनैपनि राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित प्राजातान्त्रिक विचार समाजको स्थापना दिवस तथा २६औं केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘कुनैपनि राजनीतिक दलले नेपाली काँग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली काँग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ ।’

Advertisement

बुधबार बसेको संसदीय दलको बैठकमाा ओलीले कांग्रेसले संसद्मा उडण्डता मच्चाएको आरोप लगाउँदै अब संसद्मा एमाले चुप लागेर नबस्ने चेतावनी दिएका थिए ।