November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

छानबिन समिति बनाइसकेपछि कांग्रेसले राजीनामाको खेल खेल्छ: ओली

1.1K

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सहकारी छानबिनको माग गर्नुका पछाडि रवि लामिछानेलाई मन्त्रीबाट हटाउने उद्देश्य रहेको हुँदा त्यसको पक्षमा आफ्नो पार्टी नउभिने संसदीय दलमा सांसदहरूलाई ब्रिफिङ गरेका छन् ।

संघीय संसद्को बजेट अधिवेशन सुरू हुनु अघि बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले
ब्गने, ‘सरकारी बेथिती छ, रकम हिनामिना भएको छ । कुन सहकारीको स्थिति के छ त्यो सबै थाहा छ। अब सरकारले के गर्ने कदम चाल्नुपर्छ । यसमा थप छानबिन किन आवश्यक पर्‍यो ? हामीले रविजीको राजीनामा मागेको छैन भन्नुभएको छ (कांग्रेस)। जब समितिले छानबिन समिति बनाएपछि मन्त्रीमा रहन कसरी सक्छ । छानबिन समिति बनाइसकेपछि राजीनामाको खेल खेल्नुहुन्छ ।’

उनले रविलाई डेढ वर्ष खाइदिनुहोस् भन्न जाने, त्यो नमानेपछि फाइल बोकेर हिँडेको आरोप लगाए । ‘यो कांग्रेसको तरिका ठीक छैन । राजनीतिमा यसप्रकारका छुद्र खेल खेल्नुहुनुन । कसैको उजुरी छैन भनेर महान्यायाधिवक्ताले भनेको छ’ ओलीले भने,’ उजुर परेका भरमा छानबिन गर्ने भन्ने हुन्न । यस्तो प्रतिशोधी राजनीति गर्नुहुन्न ।’

Advertisement