काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजित भएको छ । विभाजित भई बनेको अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नामसमेत टुंगो लगाइसकेको छ ।
आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन् ।
पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन् भने केन्द्रीय अध्यक्षमा अशोक राई हुनेछन् ।
यस्तो छ नेताहरूको कार्यविभाजन
संघीय परिषद् अध्यक्ष
राजेन्द्र श्रेष्ठ
केन्द्रीय अध्यक्ष
अशोक राई
सहअध्यक्ष
रेणु यादव
उपाध्यक्ष
नवलकिशोर साह सुडी
रणध्वज लिम्बु
परशुराम बस्नेत
सुशीला श्रेष्ठ
महासचिव
मोहम्मद इस्तियाक राई
उपमहासचिव
प्रदीप यादव
सचिव
दीपक कार्की
रञ्जु ठाकुर
कोषाध्यक्ष
वीरेन्द्र महतो
केन्द्रीय सदस्यहरू
आङकाजी शेर्पा
मोहनलाल चौधरी
कृष्णबहादुर धुजु
लाबहादुर तामाङ
राधा तिमिल्सिना
सिमा सिंह
कमला विश्वकर्मा
शोभा बज्राचार्य
प्रमोद गुप्ता
पारस साह
पञ्चलाल महर्जन
केशव पौडेल
मनिकर कार्की
राजेशमान सिंह
हसिना खान
नानु थामी
हेमन्तराज भण्डारी माण्डब्य
पिंकीदेवी यादव