November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इलाम–२ मा मतगणनाको समय तय गर्न सर्वदलीय बैठक शुरु

1.1K

काठमाडौं। इलाम–२ मा सम्पन्न उपनिर्वाचनको मतगणनाको समय तय गर्न सर्वदलीय बैठक शुरु भएको छ।

गौतमबुद्ध सभागृहमा सुरु भएको सर्वदलीय बैठकमा राजनीतिक दल, दलका उम्मेदवार, सुरक्षा निकायसहित सरोकारवालाहरु उपस्थित छन् ।

मुख्य निर्वाचन अधिकृत केशव घिमिरेलेका अनुसार बैठकपश्चात् मतगणना सुरु हुने छ ।

Advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार यहाँ करिब ६० प्रतिशत मत खसेको छ । शनिबार भएको मतदानमा कुल एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मत खसेको हो । जसमा महिला मतदाता ३४ हजार १५० र पुरुष मतदाता ३५ हजार १३५ रहेका छन् ।

मतगणनास्थललाई सुरक्षित गर्न सिसिक्यामेरा, तारजालीसहितका आवश्यक पूर्वाधार तयार गरिएको छ ।

इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।