November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रिय सभा सदस्यमा डा.अन्जान शाक्य मनोनीत

1.4K

काठमाडौं। राष्ट्रिय सभा सदस्यमा डा.अन्जान शाक्य मनोनीत भएकी छन् । उनलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज सदस्यमा मनोनीत गरेका हुन् ।

उनलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा मनोनीत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

शाक्यलाई चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले मनोनयका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

Advertisement

शाक्य नेकपा एमालेको कोटाबाट राष्ट्रिय सभामा मनोनीत भएकी हुन् ।